काठमाडौँ- आज पुसकोे पहिलो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
समग्रमा यो साता थिएटरमा नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भयरहेका छन्। त्यस्तै साहित्य कार्यक्रम पनि रहेको छ।
हेरौं, यो साता कहाँ के के हुँदैछ
अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’ को अंग्रेजी संस्करण लोकार्पण
आज साहित्यकार अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’ को अंग्रेजी संस्करण लोकार्पण हुँदैछ। कार्यक्रम दिउँसो २ः३० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सुरु हुनेछ। साथै कार्यक्रममा साहित्यकार नयनराज पाण्डे, निरञ्जन कुँवर, आल्फा शाक्य र लेखकबीच छलफल पनि रहेको छ।
मण्डलामा ‘बहादुरपुरको दन्त्यकथा’
थापागाउँस्थित मण्डला थिएटरमा पुस ४ देखि नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ। नाटककी निर्देशक सरस्वती चौधरी हुन्। नाटक भारतीय नाटककार बादल सरकारको नाटक ‘वल्लभपुरेर रूपकोथा’ मा आधारित छ। नाटकलाई विजय विस्फोटले नेपालीमा रुपान्तरण गरेका हुन्।
व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको नाटकको कथा ऋणमा डुबेका एक शाही वंशज ‘भूपति’को वरिपरि घुमेको छ। नाटकमा कमलमणि नेपाल, प्रवीण खतिवडा, सरिता गिरी, सरस्वती चौधरी, घनश्याम जोशी, राम भजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य नारायण मिश्राले अभिनय गरेका छन्। नाटक पुस २७ गतेसम्म साताको प्रत्येक दिन साँझ ५ बजे र शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।
हलमा कुनकुन फिल्म?
झरीपछिको इन्द्रेणी
पुस ४ देखि हलमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शन भइरहेको छ। फिल्म अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको हो। सामाजिक विषयवस्तुमा आधारित फिल्मको कथा निर्देशक घिमिरेले नै लेखेका हुन्। निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ६ सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल फिल्म ‘झरीपछिको इन्द्रेणी’ चलिरहेको अन्य हल हुन्।
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परान’ चलिरहेको अन्य हल हुन्।
अवतारः फायर एन्ड एस
हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ५० सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, सिके सिनेमाज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
मिलियन भ्युज
हिन्दी फिल्म ‘मिलियन भ्युज’ पनि पुस ४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। डार्क मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको छ। फिल्म अंशुल सिन्हाले निर्देशन गरेका हुन्। फिल्ममा सिद्धि जैसवाल, एम साई सोहन, एमडी असद अल्वस्, चेरीसा जिला, अदिती कनासे, महेश किन्कीकर अलिशा मार्टिन, राकेश सानीलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिएसआर मुभिज र सिके सिनेमाजमा फिल्मलले सो पाएको छ।
धुरन्धर
बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाजमा बलिउड फिल्म ‘धुरन्धर’ प्रदर्शनरत छ।
तेरे इस्क मे
हिन्दी फिल्म ‘तेरे इस्क मे’ मंसिर १२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता धनुष र कृति सेनन छन्। प्रेम कथामा बनेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक आनन्द एल.राय हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा फिल्मको सो छ।





