फरार दुई कैदीबन्दी पक्राउ

हिमाल प्रेस ४ पुष २०८२ ८:२२
6
SHARES
फरार दुई कैदीबन्दी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र संगठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डंगोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

कारागारबाट फरार रहेका र उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेस गरिएको छ।

प्रकाशित: ४ पुष २०८२ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast