उपमहासचिवमा पराजित विष्णु रिमाल भन्छन् : स्वस्थ प्रतिस्पर्धाबाट पार्टी नेतृत्व चयन

हिमाल प्रेस ३ पुष २०८२ १६:२८
24
SHARES
उपमहासचिवमा पराजित विष्णु रिमाल भन्छन् : स्वस्थ प्रतिस्पर्धाबाट पार्टी नेतृत्व चयन विष्णु रिमाल

काठमाडौँ- नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवमा पराजित विष्णु रिमालले स्वस्थ प्रतिस्पर्धाबाट पार्टी नेतृत्व चयन भएको बताएका छन्।

बिहीबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्।

‘हाम्रो पार्टी नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन भव्यता पूर्वक सम्पन्न भएको छ। जनताको बहुदलीय जनवादलाई व्यावहारिक रूपमा आत्मसात गर्दै अत्यन्त सौहार्द, मित्रवत् र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ,’ उनले लेखेका छन्।

नेता रिमालले नेतृत्वमा निर्वाचित सम्पूर्णलाई बधाई दिँदै महाधिवेशनमा भाग लिने सबै प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

उनी केपी शर्मा ओली प्यानलबाट उपमहासचिव पदको उम्मेदवार थिए। उक्त पदमा नेता ईश्वर पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भएका छन्।

प्रकाशित: ३ पुष २०८२ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast