ईश्वर प्यानलबाट दुई पदाधिकारीमात्रै निर्वाचित

हिमाल प्रेस ३ पुष २०८२ १५:२० | Thursday, December 18, 2025
36
SHARES
ईश्वर प्यानलबाट दुई पदाधिकारीमात्रै निर्वाचित

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलका दुई उम्मेदवारमात्र निर्वाचित भएका छन्। एमालेका १९ पदाधिकारीमध्ये अध्यक्षसहित केपी शर्मा ओली समूहका १७ जना विजयी हुँदा पोखरेल पक्षका दुई उम्मेदवार निर्वाचित भएका हुन्।

पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन्।

पोखरेल प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका विष्टले १ हजार ३६८ मत प्राप्त गरेका छन् भने उपमहासचिवका उम्मेदवार भट्टराईले १ हजार ३४८ मत पाए।

ओली प्यानेलबाट उपाध्यक्ष पदमा पृथ्वीसुब्बा गुरुङ सर्वाधिक मत ल्याएर निर्वाचित भए। उनले १ हजार ७३७ मत पाएका हुन्। यो मत पदाधिकारीमा सबैभन्दा बढी हो।

त्यस्तै ओली समूहबाटै उपाध्यक्षमा निर्वाचित भएका विष्णुप्रसाद पौडेलल १ हजार ६७५, रामबहादुर थापाले १ हजार ५१६ र रघुजी पन्तले १ हजार २५८ मत प्राप्त गरेका छन्।

उपमहासचिवतर्फ लेखराज भट्टले सर्वाधिक १ हजार ४५२ मत पाएका छन्। त्यस्तै रघुवीर महासेठले १ हजार ३६८ प्राप्त गरे।

प्रकाशित: ३ पुष २०८२ १५:२० | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast