ओली अध्यक्षमा निर्वाचित भएपछि नेकपा नेता दाहालको टिप्पणी- थप ध्वंसको यात्रा

हिमाल प्रेस ३ पुष २०८२ १४:०४ | Thursday, December 18, 2025
38
SHARES
ओली अध्यक्षमा निर्वाचित भएपछि नेकपा नेता दाहालको टिप्पणी- थप ध्वंसको यात्रा

काठमाडौँ- नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट बिहीबार केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि नेपाली कम्युनिस्ट पार्टीका नेता, पूर्वसांसद राजन दाहालले थप ध्वंसको यात्रा सुरु भएको टिप्पणी गरेका छन्।

‘गुटले जिते पनि विजयी गुटले न सम्बन्धित पार्टीमा आकर्षण पैदा गर्न सक्नेछ न त देशलाई नै सकारात्मक योगदान दिन सक्ने छ। थप ध्वंसको दिशा तर्फको यात्रा,’ दाहालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

 तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच २०७५ जेठमा पार्टी एकता भएर नेकपा बनेको बेला ओली दाहालकै अध्यक्ष थिए।

प्रकाशित: ३ पुष २०८२ १४:०४ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast