जेन्जी आन्दोलनको अधूरो काम पूरा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिमा आयो : कमल थापा

हिमाल प्रेस २ पुष २०८२ १९:३७ | Wednesday, December 17, 2025
226
SHARES
जेन्जी आन्दोलनको अधूरो काम पूरा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिमा आयो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन्जी युवाहरूको आन्दोलनको अधूरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन्। अहिलेको अवस्थामा कांग्रेस कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको र विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्र रहेको थापाले जिकिर गरेका हुन्।

राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो।’ त्यस्तो एकता कायम गर्न अब ढिलो गर्न नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकता सकारात्मकरूपमा अघि बढिरहेको पनि स्पष्ट पारे।

उनले भने, ‘हामीहरुका बीचमा कुनै विवाद बाँकी छैन। एकता हुन ढिलो भइरहेकोमा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकहरुमा चिन्ता देखिन्छ। ढिलो भएको छ। तर म आशावादी छु, यो प्रक्रिया चाँडै टुंगिन्छ।’

प्रकाशित: २ पुष २०८२ १९:३७ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast