घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

हिमाल प्रेस १ पुष २०८२ ११:३५ | Tuesday, December 16, 2025
14
SHARES
घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको हो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। सोमबार तोलामा तीन हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार आाठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १ पुष २०८२ ११:३५ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast