चार महिनामा भित्रियो करिब सात खर्ब रेमिट्यान्स

हिमाल प्रेस २९ मंसिर २०८२ १७:४७ | Monday, December 15, 2025
30
SHARES
चार महिनामा भित्रियो करिब सात खर्ब रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रिएको छ।

गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ।

केन्द्रीय बैंकका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ।

चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख २७ हजार ८३७ रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

प्रकाशित: २९ मंसिर २०८२ १७:४७ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast