११ महिनामा भित्रियो २१ सय अर्बबढी रेमिट्यान्स

हिमाल प्रेस २९ असार २०८३ २०:१० | Monday, July 13, 2026
8
SHARES
११ महिनामा भित्रियो २१ सय अर्बबढी रेमिट्यान्स

काठमाडौँ- चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा २१ सय अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको समष्टिगत आर्थिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ११ महिनामा यो परिमाणमा रेमिट्यान्स भित्रिएको हो।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतको वृद्धि हो।

समष्टिगत आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अघिल्लो जेठदेखि यो आर्थिक वर्षको जेठसम्मको अवधिमा रेमिट्यान्स २,१२०.८० अर्ब रुपैयाँ पुगेको देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १,५३४.१६ अर्ब रुपैयाँ रहेको थियो।

जेठ महिनामा मात्रै २०३.८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा उल्लेख छ। गत वर्ष सोही महिनामा कुल रेमिट्यान्स १७६.३२ अर्ब रुपैयाँ रहेको थियो

अमेरिकी डलरको हिसाबमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले बढेर १४.५९ अर्ब डलर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा डलरमा आधारित विप्रेषण १२.८ प्रतिशतले बढेको थियो।

त्यस्तै नेपालको कुल विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेर ३,७५५.६४ अर्ब रुपैयाँ पुगेको छ। अमेरिकी डलरको हिसाबमा यो सञ्चिति २६.५ प्रतिशतले बढेर २४.६८ अर्ब डलर पुगेको छ।

कुल सञ्चितिमध्ये केन्द्रीय बैंकसँग रहेको सञ्चिति ३७.९ प्रतिशतले बढेर ३,३३०.०७ अर्ब रुपैयाँ पुगेको भने बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको सञ्चिति ६१.८ प्रतिशतले वृद्धि भई ४२५.५७ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित: २९ असार २०८३ २०:१० | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast