एमालेले माग्यो सभामुखमा देवराज घिमिरेलाई मत

हिमाल प्रेस ५ माघ २०७९ ११:५८ | Thursday, January 19, 2023
एमालेले माग्यो सभामुखमा देवराज घिमिरेलाई मत सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अबको प्रतिनिधिसभा विगतको जस्तो नभई निष्पक्ष भएर अघि बढ्ने बताएका छन्।

आज सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावकका रूपमा संसद्मा मत माग्दै सिंगो प्रतिनिधिसभालाई एकताबद्ध बनाउन सक्ने क्षमता भएकाले सभामुखमा आफूले प्रस्ताव गरेको बताए।

‘देवराज घिमिरेले यो भूमिका निर्वाह निष्पक्षरूपमा निर्वाह गर्न सक्नुहुन्छ,’ नेम्वाङले भने,‘लामो समय राजनीति गरेका घिमिरे सभामुख पदका लागि उपयुक्त पात्र हो।’ उनले संसद्को गरिमा बढाउन घिमिरेले निष्पक्ष ‘रेफ्री’को भूमिका निर्वाह सक्ने बताए।

प्रकाशित: ५ माघ २०७९ ११:५८ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast