एमाले महाधिवेशन : बन्दसत्र दिउँसो ३ बजे सुरु हुने

हिमाल प्रेस २८ मंसिर २०८२ १४:१३ | Sunday, December 14, 2025
24
SHARES
एमाले महाधिवेशन : बन्दसत्र दिउँसो ३ बजे सुरु हुने

काठमाडौँ- नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गतको बन्दसत्र आज दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले खानापछि बन्दसत्र सुरु हुने जनाए।

काठमाडौँको भृकुटीमण्डपमा हुने बन्दसत्रमा २२६२ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने सयौं कार्यकर्ता पनि भृकुटीमण्डपमा भेला भएका छन्।

केन्द्रीय कमिटीको बैठकले पुरानो विधानलाई कायम राख्ने निर्णय गरेको छ। बैठकले पोलिटब्युरोको एक तिहाइ सदस्यलाई स्थायी कमिटीमा राख्ने, पोलिटब्युरो ९९ सदस्यीय बनाउने र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ।

प्रकाशित: २८ मंसिर २०८२ १४:१३ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast