विकासका काम अलपत्र पारे ठेक्का तोड्नुको विकल्प छैन : भौतिक पूर्वाधारमन्त्री घिसिङ

हिमाल प्रेस २८ मंसिर २०८२ १३:५२ | Sunday, December 14, 2025
18
SHARES
विकासका काम अलपत्र पारे ठेक्का तोड्नुको विकल्प छैन : भौतिक पूर्वाधारमन्त्री घिसिङ फाइल तस्बिर

तनहुँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने बताए।

पूर्वाधार विकासमा निर्माण व्यवसायीले काम नगरे तत्काल ठेक्का तोड्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले भने,‘प्रदेश सरकारका विकास आयोजना पनि अलपत्र अवस्थामा छन्। त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ। पुराना ठेक्का तोडेर कसरी काम गर्न सकिन्छ भन्नेमा लागिपरेको छु।’

मन्त्री घिसिङले कतिपय स्थानमा नयाँ पुल, सडक बनाउनुपर्ने अवस्था रहेको बताउँदै भएका सडकको मर्मत गर्नुपर्ने बताए।शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीबाट विकास निर्माणका सम्बन्धमा प्रस्तुत भएको ज्ञापनपत्रका विषयमा काठमाडौँ पुगेर सम्बन्धित निकायसँगको समन्वयमा छलफल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

तनहुँमा निर्माण हुँदै गरेको तनहुँ जलविद्युत् आयोजनाले आर्थिक रूपमा ठूलो प्रभाव पार्ने मन्त्री घिसिङको भनाइ छ। उक्त आयोजना शतप्रतिशत रूपमा विद्युत् प्राधिकरणको स्वामित्वमा भएकाले जनतालाई सेयर दिन सकिने सकारात्मक पक्ष रहेको उनले जानकारी दिए।

प्रकाशित: २८ मंसिर २०८२ १३:५२ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast