हाइकिङ गर्ने क्रममा बेहोस भए भारतीय राजदूत श्रीवास्तव

हिमाल प्रेस २७ मंसिर २०८२ १८:३५ | Saturday, December 13, 2025
हाइकिङ गर्ने क्रममा बेहोस भए भारतीय राजदूत श्रीवास्तव

काठमाडौँ- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार हाइकिङ गर्ने क्रममा अचानक बिरामी परेका छन्।

काठमाडौँको बाहिरी क्षेत्रमा रहेको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा उनी बिरामी परेका हुन्।

दूतावास स्रोतका अनुसार हाइकिङका क्रममा श्रीवास्तव अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याएर ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

‘हाइकिङका क्रममा दिउँसो ३ बजे उहाँ एक्कासी बिरामी परेर बेहोस हुनुभयो। त्यसपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ,’ दूतावास स्रोतले भन्यो।

अहिले राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएको  स्रोतले जनायो।

प्रकाशित: २७ मंसिर २०८२ १८:३५ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast