एनपीएल फाइनल : रोहितको ह्याट्रिक, सुदूरपश्चिमले प्रस्तुत गर्‍यो सामान्य लक्ष्य

हिमाल प्रेस २७ मंसिर २०८२ १७:०२ | Saturday, December 13, 2025
44
SHARES
एनपीएल फाइनल : रोहितको ह्याट्रिक, सुदूरपश्चिमले प्रस्तुत गर्‍यो सामान्य लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामू मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम खेलको अन्तिम खेलमा मध्यम लक्ष्य प्रस्तुत गरेको हो।

सुदूरपश्चिमका ब्याटरहरू लुम्बिनीको तिखो बलिङसामू धारासायी भए। लुुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक लिँदा सुदूरपश्चिमका ब्याटरहरू निरीह देखिए।

प्रतियोगिताको महत्वपूर्ण खेलमा सुदूरपश्चिमले १९.१ ओभर खेलेर सबै विकेट गुमाएर जम्मा ८५ रन बनाउनसक्यो।

सुदूरपशिचमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी १३ र हर्मित सिंह १० रन बनाएर आउट। यीबाहेक अन्य कुनै पनि ब्याटर दोहरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका तीन जना ब्याटर शून्य रनमा आउट भए।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले र रुबेन ट्रम्पेलम्यानले ३-३ विकेट लिए।

प्रकाशित: २७ मंसिर २०८२ १७:०२ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast