यी तहका शिक्षकको स्थानीय भत्ता तोकियो (सूचीसहित)

हिमाल प्रेस २५ मंसिर २०८२ १७:३५ | Thursday, December 11, 2025
4.6k
SHARES
यी तहका शिक्षकको स्थानीय भत्ता तोकियो (सूचीसहित)

काठमाडौँ- बागलुङको निसीखोला गाउँपालिकाले पाँच तहको स्थानीय भत्ता दर कायम गर्दै विद्यालयहरूलाई पत्र पठाएको छ। प्रावि, निमावि, मावि, मावि द्वितीय, मावि प्रथम तहको भत्ता दर कायम गरिएको हो।

यही मंसिर २३ गतेको पत्रमार्फत गाउँपालिकाले मन्त्रिपरिषद्को २०७१/३/२९ को निर्णय, अर्थ मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयलाई पठाइएको आधिकारिक पत्र तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२/०४/१२ को निर्णयको आधारमा शिक्षक र प्रशिक्षकहरूले पाउने स्थानीय भत्ताको दर कायम गरिएको छ।

स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी/करार शिक्षक तथा कक्षा ९-१२ मा कार्यरत प्राविधिक प्रशिक्षक र सहायक प्रशिक्षकहरूले वर्षको १०.५ महिनाका दरले स्थानीय भत्ता पाउने व्यवस्था भएकाले दोस्रो त्रैमासिकदेखि सोही अनुसार भत्ता माग गरी शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउन निर्देशन गरिएको छ।

प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विभिन्न श्रेणीका शिक्षकहरूका लागि २,७६० देखि ६,७०० रुपैयाँसम्मको नयाँ दर तोकिएको छ।

त्रमा साविकका निसी गाविसअन्तर्गतका विद्यालयहरूले भने पुरानै वर्गीकरणअनुसार भत्ता माग गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित: २५ मंसिर २०८२ १७:३५ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast