सभामुखको निर्वाचन आज, दुई गठबन्धनका दुई उम्मेदवार भिड्दै

हिमाल प्रेस ५ माघ २०७९ ६:४५ | Thursday, January 19, 2023
सभामुखको निर्वाचन आज, दुई गठबन्धनका दुई उम्मेदवार भिड्दै

काठमाडौँ- प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ। सभामुख चयनका लागि आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरिनेछ।

सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ। सत्ता साझेदारका तर्फबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छ।

प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच भिडन्त हुने भएको छ। एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन्। घिमिरेलाई एमाले, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनको समर्थन छ भने न्यौपानेलाई कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित विपक्षी गठबन्धनको समर्थन छ।

घिमिरेलाई सत्ता गठबन्धनको चार पार्टीको समर्थन छ। जसअनुसार नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, स्वतन्त्र पार्टीको २०, राप्रपाको १४ मत छ। घिमिरेले जित्नका लागि १३७ मत आवश्यक पर्छ। चार दलको मत जोड्दा १४४ मत हुन्छ।

न्यौपानेलाई कांग्रेससहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ।

संघीय प्रतिनिधिसभामा कांग्रेसको ८९, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादीको १२ र लोकतान्त्रिक समाजवादीको चार सिट छ। यी सबैको जोड्दा विपक्षी गठबन्धनको ११५ सिट हुन्छ।

प्रकाशित: ५ माघ २०७९ ६:४५ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast