बलात्कार आरोपमा जनमत पार्टीका निलम्बित सचिव साह पक्राउ

हिमाल प्रेस २४ मंसिर २०८२ १६:४१
36
SHARES
बलात्कार आरोपमा जनमत पार्टीका निलम्बित सचिव साह पक्राउ

जनकपुरधाम- जनमत पार्टीका निलम्बित सचिव विश्वेश्वरप्रसाद साह (बीपी साह) बलात्कार आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषासमक्ष आत्मसमर्पण गरेका साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर उनी हाजिर भएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमले जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको समय दिएको बताए।

आफूमाथि लगाइएको आरोप झुटो रहेको भन्दै साह प्रहरीसमक्ष हाजिर भएको बमले जानकारी दिए।

जनकपुरधामकी एक महिलाले साहले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन्। महिलाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयले गत भदौ ५ गते साहको स्थायी घर सबैला नगरपालिका वडा नम्बर १२ लाई पत्राचार गरी विवरण खुलाएर पठाइदिन पत्राचार गरेको थियो।

प्रहरीमा जाहेरी दर्ता भएपछि साहलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनी फरार भएका थिए। प्रहरीको फरार सूचीमा रहे पनि उनी सामाजिक सञ्जालमा निरन्तर सक्रिय थिए।

बलात्कार आरोपमा जाहेरी दर्ता भएपछि जनमत पार्टीले साहलाई निलम्बन गरेको थियो।

प्रकाशित: २४ मंसिर २०८२ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast