गगन थापा काठमाडौँ ४ बाट उम्मेदवार सिफारिस

हिमाल प्रेस २४ मंसिर २०८२ ११:०६
12
SHARES
गगन थापा काठमाडौँ ४ बाट उम्मेदवार सिफारिस नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन्। क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौँ ४ बाट थापाको मात्रै नाम सिफारिस भएको हो। महामन्त्री थापाको नाम रोल्पा र धनकुटाबाट पनि उम्मेदवार सिफारिस भएको छ। तर थापाले काठमाडौँ ४ मै उम्मेदवारी दिने बताएका छन्।

महामन्त्री थापा काठमाडौँ ४ बाट लगातार निर्वाचन जितिरहेका छन्। काठमाडौँ ४ बाट समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल, राजन विश्वकर्माको नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८२ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast