पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा

हिमाल प्रेस २४ मंसिर २०८२ ९:३६ | Wednesday, December 10, 2025
12
SHARES
पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा

पर्वत- पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै गर्न थालेको छ।

चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए।

पर्वतमा चालु आर्थिक वर्षका लागि एक सय ११ वटा आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ। जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ।

पैँयू गाउँपालिका–२ का अध्यक्ष नरभूपाल काफ्ले कार्यस्थलमा सम्झौता गर्ने अभ्यासले समयमा नै आयोजना पूरा गर्न सहज भएको बताए। हालै आफ्ना वडाका मन्दिर निर्माणका सम्झौता भएका उनले बताए। हालसम्म ११ वटा आयोजना सम्पन्न भएका छन्। रासस

प्रकाशित: २४ मंसिर २०८२ ९:३६ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast