कमल थापाको दाबी : राप्रपा र राप्रपा नेपालबीच चाँडै एकता हुने प्रवल सम्भावना छ

हिमाल प्रेस २३ मंसिर २०८२ ७:०६ | Tuesday, December 9, 2025
84
SHARES
कमल थापाको दाबी : राप्रपा र राप्रपा नेपालबीच चाँडै एकता हुने प्रवल सम्भावना छ

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन्जीको भावना र चाहना पूरा गर्न मुलुकमा बलियो राष्ट्रवादी शक्ति आवश्यक भएको बताएका छन्।

जेन्जी आन्दोलनको क्रममा गत भाद्र २४ गते रातिदेखि षड्यन्त्र सुरु भएको र जेन्जीको आन्दोलन ‘हाइज्याक’ भएको थापाकझ आरोप छ। ‘जेन्जीहरुको अधुरो सपना पूरा गर्न बलियो राष्ट्रवादी शक्ति निर्माणमा जोड दिनुपर्छ।’ थापाले भने।

उनले राप्रपा र राप्रपा नेपालबीच केही समयभित्रै एकता हुने प्रवल सम्भावना रहेको थापाले बताए। ‘सबै अनुकूल भएमा केही दिन भित्र खुशीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो।’ उनले भने।

राप्रपा नेपालको काठमाडौँ जिल्लास्तरीय जेन्जी फ्रण्टको भेलालाई सम्बोधन गर्दै थापाले केपी ओलीको ठाउँमा सुशीला कार्की र ८४ को निर्वाचन ८२ मा हुने कामको लागि मात्र जेन्जी आन्दोलन नभएको स्पष्ट पारे।

प्रकाशित: २३ मंसिर २०८२ ७:०६ | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast