एनपीएल : चितवनविरूद्ध पोखराको सहज जित

हिमाल प्रेस २० मंसिर २०८२ १८:५५
10
SHARES
एनपीएल : चितवनविरूद्ध पोखराको सहज जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखराले चितवनविरूद्ध सहज जित हासिल गरेको हो।

चितवनले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो।

पोखराका जितमा एडम रोसिङटनले ६५ रनको योगदान दिए। ४८ बल सामना गरेका उनले पाँच छक्का र चार चौका प्रहार गरे। त्यस्तै प्रतियोगितामा पहिलोपटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन बनाए।

पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रनमात्रै बनाउन सक्यो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाएर पोखराका धनन्जय लक्षनले ३ विकेट लिए।

लिग चरणको अन्तिम खेल आइतबार दिउँसो ३ ः ३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

प्रकाशित: २० मंसिर २०८२ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast