दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

हिमाल प्रेस २० मंसिर २०८२ १७:५८
18
SHARES
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।

प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उन्ले बताएका छन्।

तीन जना बन्दुकधारीहरू बिहान ४ः३० बजे छात्रवास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ।

उनले घटनाबारे छानबिन भइरहेको जानकारी दिएका छन्।

दक्षिण अफ्रिकाको सबैभन्दा औद्योगिक राष्ट्र दक्षिण अफ्रिका संगठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचारसँग जुझिरहेको छ।

मुलुकमा धेरै मानिसहरूसँग व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियारहरू रहेको तर धेरै अवैध बन्दुकहरू पनि प्रयोगमा रहेको जनाइएको छ।

प्रहरीका अनुसार यसखाले आक्रमणका कारण गत अप्रिलदेखि सेप्टेम्बरसम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २० मंसिर २०८२ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast