निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव

हिमाल प्रेस २० मंसिर २०८२ १३:५५
8
SHARES
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव
काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकारहरू (स्लिप डिसअडर्स)को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
आज यहाँ आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा उनले पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ् खानपान, प्रविधिको बढ्दो प्रयोगलगायत कारणले निद्रासम्बन्धी विकारहरूको बढ्दै गएकाले यस्ता चुनौतीलाई समयमा नै सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उपराष्ट्रपति यादवले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह, उच्च रक्तचापजस्ता रोगहरूले निद्रामा गहिरो असर पारिरहेकाप्रति सचेत हुन सबैलाई सुझाव दिए। ‘आधुनिक जीवनशैली, सहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लिप डिसअडर्सको समस्या गम्भीर बन्दै गएको छ’, उनले भने, ‘यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिहेको छ ।’
उनले विद्यालयदेखि समुदायसम्म निद्राको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै निन्द्रसम्बन्धी समस्या समाधान गर्नेतर्फ सरोकार भएकाले पहल गर्नुपर्ने बताए।
विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या बढाउन, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकताका साथै नेपालमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तरराष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुपर्ने उनको भनाइ छ ।
प्रकाशित: २० मंसिर २०८२ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast