कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस २० मंसिर २०८२ ७:०३
4
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २४ घण्टामै ह्वात्तै घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झरेको हो।

हिजो शुक्रबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ८.६ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे सार्वजनिक गर्छ। त्यसबेलासम्म अझ घट्ने सम्भावना हुन्छ।

प्रकाशित: २० मंसिर २०८२ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast