काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एउटाको भए पनि जस अर्कैले लिएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालका योजनाकारलाई श्रेय कहिले दिने भनेर प्रश्न गरेका छन्। विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक घिसिङको नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले सो यस्तो कटाक्ष गरेका हुन्।
२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेका थिए। उनले एकवर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यन्वयन गर्न निर्देशन दिएको थियो।
२०७३ साउनमा ओली सरकार ढलेपछि पनि लोसेडिङ मुक्त गर्न तत्कालिन सरकारले काम गरेको थियो। सोही वर्षको कात्तिक देखि नेपालमा औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको हो।
यो कामको जस तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लिने गरेका छन्। सामाजिक सञ्जालमा भने घिसिङ लाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिएको थियो। तर उज्यालो नेपालका अभियानकर्ता र कार्यन्वयनकर्ताचाँही ओली नै भएको महासचिव पोखरेलको दाबी छ। घिसिङ को नेतृत्वमा हिजो उज्यालो नेपाल पार्टी घोषणा भएपछि पोखरेलले आज बिहान कटाक्ष गर्दै उज्यालो नेपालको प्रसंग उठाएका छन्।



