रीमा विश्वकर्मा भन्छिन्- निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु

हिमाल प्रेस १७ मंसिर २०८२ १५:४८
14
SHARES
रीमा विश्वकर्मा भन्छिन्- निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु

काठमाडौँ- उज्यालो पार्टी नेपालकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले आफूले निष्ठा र इमान्दारिताको राजनीति गर्न चाहेको बताएकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (बुधबार) भइरहेको पार्टी घोषणा कार्यक्रममा उनले आफू प्रतिशोधको नभएर देश परिवर्तनको राजनीति गर्न आएको पनि बताएकी हुन्।

‘म निष्ठा, इमान्दारिताको राजनीति गर्नेछु। हामी प्रतिशोधको होइन परिवर्तनको राजनीति गर्न आएका छौँ,’ उनले भनिन्। उनले आफूलाई देशप्रति केही गर्ने हुटहुटी जागेकोले राजनीतिमा लागेको पनि उल्लेख गरिन्। साथै आफूलाई अवसर र जिम्मेवारी दिने पार्टीप्रति आभार प्रकट गर्दै उनले पार्टीलाई दलको रूपमा नभएर देशको पार्टी बनाएर अघि बढ्ने उनले प्रतिबद्धता जनाइन्। गत भदौ २३ र २४ मा देशमा भएको जेनजी आन्दोलनको वीभत्स दृश्यले जोकोहीलाई पनि देश निर्माणमा जोडिन मन लाग्ने उनले धारणा राखिन्।

अभिनेत्री तथा टीभी रियालिटी सो कार्यक्रम सञ्चालिका विश्वकर्माले राजनीतिक यात्रा तय गरेकी छन्। उनी केही दिनअघि मात्र कुलमान घिसिङको समर्थनमा बनेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी हुन्।

प्रकाशित: १७ मंसिर २०८२ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast