कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज

हिमाल प्रेस १७ मंसिर २०८२ ९:४५
8
SHARES
कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज

काठमाडौँ- कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा बुधबार (आज) हुँदैछ। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा घिसिङ समेतको उपस्थितिमा दिउँसो १ बजे घोषणा सभा राखिएको छ।

पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, आज औपचारिक रूपमा सार्वजनिक गर्ने नेता डा. तारा जोशीले जानकारी दिए। पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ। नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टीको दाबी छ।

जेनजी आन्दोलनपछि विकासित देशको पछिल्लो राजनीतिक परिस्थितमा उज्यालो नेपाल पार्टि गठन गरी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। अनुपराज उपाध्यायको संयोजकत्वमा रहेको ५१ सदस्यीय समितिको नाममा पार्टी दर्ता भएको छ।

यो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, रेशम चौधरीको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति लगायतसँग सहकार्य गर्दै वैकल्पिक शक्तिको रूपमा विकास गर्ने बताएको छ।

प्रकाशित: १७ मंसिर २०८२ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast