गुल्मीको काफलपानीमा नि:शुल्क आँखा जाँच शिविर सञ्‍चालन गरिने

हिमाल प्रेस १६ मंसिर २०८२ १२:३२
12
SHARES
गुल्मीको काफलपानीमा नि:शुल्क आँखा जाँच शिविर सञ्‍चालन गरिने

काठमाडौँ- नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्र गुल्मी र गुल्मीकै धुर्कोट गाउँपालिकाबीच आँखा जाँच शिविर गर्ने सम्झौता भएको छ।

हरेक महिनाको पहिलो शनिबार आँखा उपचार केन्द्र गुल्मीद्वारा धुर्कोट आधारभूत अस्पताल धुर्कोट-६ काफलपानीमा निःशुल्क आँखा जाँच शिविर सञ्‍चालन गरिने भएको हो।

त्यसैगरी, हरेक महिनाको ११ गते आँखा उपचार केन्द्र तम्घासमा गरिने मोतिया बिन्दुको अपरेसनमा प्रतिव्यक्ति ७ हजार रुपैयाँका दरले लाग्‍ने अपरेसन चार्जबापतको आफ्ना नागरिकको एकमुस्ट रकम धुर्कोट गाउँपालिकाले आँखा उपचार केन्द्रलाई बुझाउने सम्झौता भएको छ।

प्रकाशित: १६ मंसिर २०८२ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast