काठमाडौँ- नेकपा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ।
घिमिरे झापा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। एमालेमा उनको नाम सर्वसम्मत भएको छ।
घिमिरेले अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन्।
सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
सभामुखको निर्वाचन बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रकाशित: ४ माघ २०७९ ११:५६
प्रतिक्रिया