एक भए रास्वपा र विवेकशील साझा

हिमाल प्रेस १४ मंसिर २०८२ १५:५४ | Sunday, November 30, 2025
एक भए रास्वपा र विवेकशील साझा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एक भएका छन्। आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा गर्दै दुई पार्टी एक भएका हुन्।

एकीकरणको दस्तावेजमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डीपी अर्याल, उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्ले र विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा एवं उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका थिए।

हस्ताक्षरपछि कार्यवाहक सभापति अर्याल र अध्यक्ष बाँस्कोटाले सो दस्तावेज साटासाट गरेका थिए।

प्रकाशित: १४ मंसिर २०८२ १५:५४ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast