चुनावमा धेरै पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्ने सरकारको योजना

हिमाल प्रेस १४ मंसिर २०८२ ६:०१ | Sunday, November 30, 2025
20
SHARES
चुनावमा धेरै पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्ने सरकारको योजना

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा धेरै पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्ने योजनासहित अगाडि बढेको बताएकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले यस्तो बताएकी हुन्।

सरकार चुनावमा जति पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका बताउँदै उनले स्वच्छ चुनावका लागि मितव्ययी ढंगले अगाडि बढ्न सबैलाई आग्रह गरिन्।

त्यसैगरी प्रधानमन्त्री कार्कीले विगतमा विभिन्न नाममा झगडा र विमति राख्दा धेरै क्षति बेहार्नु परेको बताउँदै अब थप गुमाउने अवस्था आउन नदिन सबै संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको उनका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए।

उनले भनिन्,‘नयाँनयाँ समस्या मात्रै ल्याउनेभन्दा पनि देशमा प्राप्त उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ। समस्या मात्रै तेर्याएर होइन, सम्हालिएर हिँडौँ। विमतिका कुरा छन् भने आफ्ना मत लिएर जनतामा जाऔँ। जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागु गरौँ।’

प्रधानमन्त्री कार्कीले आफ्ना लागि र सरकारका लागि कोही आफन्त-पराया नभएको बताउँदै कुनै पनि कारणले कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: १४ मंसिर २०८२ ६:०१ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast