स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

हिमाल प्रेस १२ मंसिर २०८२ १८:५३
8
SHARES
स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट १० लाखसहित पक्राउ गरेको हो।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०८२ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast