काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले फेरि २ लाख ५० हजार रुपैयाँ नाघेको छ। यद्यपि, यसअघि सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँको कीर्तिमानी रेकर्ड छ।
शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ। यस्तै,आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढ्दै ३ हजार ३४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १२ मंसिर २०८२ १२:१३
प्रतिक्रिया


