विवेकशील साझा पार्टी र रास्वपाबीच एकीकरण हुँदै

हिमाल प्रेस १० मंसिर २०८२ २०:०० | Wednesday, November 26, 2025
22
SHARES
विवेकशील साझा पार्टी र रास्वपाबीच एकीकरण हुँदै

काठमाडौँ- विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकीकरण हुने भएको छ। बुधबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो।

पार्टी उपाध्यक्ष एवं समितिका संयोजक प्रकाशचन्द्र परियारले पेस गरेको वैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्तावलाई’ केन्द्रीय समिति बैठकले अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो।

उपाध्यक्ष परियारले वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता महसुस भइरहेको बेला जेनजी विद्रोहले विवेकशील र रास्वपाबीचको एकीकरणलाई तीब्र बनाएको बताए।

उनले पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको समझदारीमा चाँडै सहमतिमा टुंग्याइने जानकारी दिए।

उपाध्यक्ष परियारका अनुसार एकीकरणको घोषणा आगामी आइतबार राष्ट्रियसभा गृहमा हुनेछ।

प्रकाशित: १० मंसिर २०८२ २०:०० | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast