प्रगतिशील लोकतान्त्रिक पार्टीको अभिभावकीय भूमिकामा बाबुराम

हिमाल प्रेस ७ मंसिर २०८२ १५:०९ | Sunday, November 23, 2025
90
SHARES
प्रगतिशील लोकतान्त्रिक पार्टीको अभिभावकीय भूमिकामा बाबुराम

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घाेषणा कार्यक्रममा डा.बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका सन्तोष परियारबीच एकता घोषणा गर्दै नयाँ पार्टी सार्वजनिक गरिएको हो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराईले पार्टीको नाम घोषणा गर्दै आफू पार्टीमा ‘अभिभावकीय भूमिका’ मा रहेको बताए। उक्त पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ। प्रगतिशील समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारिएको पार्टीले चुनाव चिह्न ‘आँखा’ रहेको जनाएको छ।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै सन्तोष परियारले युवापुस्ता, श्रमिक तथा वुद्धिजीवीहरूलाई एकताबद्ध भएर परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरे। नेता जनार्दन शर्माले पार्टीका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी गठनमा लागेको बताए।

त्यस्तै, नेता सुदन किराँतीले (तत्कालीन नेकपा माओवादी केन्द्र) पार्टीभित्र लामो समयदेखि नेतृत्वको पुस्तान्तरण र संगठनात्मक रूपान्तरणका लागि उठाउँदै आएको मुद्दाको सुनुवाइ नहुँदा आफू विद्रोहमा उत्रिएको बताए।

प्रकाशित: ७ मंसिर २०८२ १५:०९ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast