मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठनमा लाग्यौँ : जनार्दन शर्मा

हिमाल प्रेस ७ मंसिर २०८२ १४:२९ | Sunday, November 23, 2025
38
SHARES
मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठनमा लाग्यौँ : जनार्दन शर्मा

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठनमा लागेको बताएका छन्। आइतबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा सभामा सम्बोधन गर्दै शर्माले नेताहरूको धुपबत्ती गर्न छाडेर नयाँ दल गठनमा लागेको बताएका हुन्।

शर्माले भने, ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागि हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं।’ कार्यक्रममा शर्माले पार्टीको घोषणापत्र पढेर सुनाए।

प्रकाशित: ७ मंसिर २०८२ १४:२९ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast