राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस ७ मंसिर २०८२ ९:०२
60
SHARES
राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंसिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको हो।

बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीति बारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्ने कार्य तालिका रहेको बुझिएको छ।

प्रकाशित: ७ मंसिर २०८२ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast