भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

हिमाल प्रेस ५ मंसिर २०८२ ११:४७ | Friday, November 21, 2025
8
SHARES
भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

चितवन- भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ। दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा ६ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्।

उनका अनुसार राजमार्ग, सहायक राजमार्ग, पहुँच (लिंग) सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो। दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन्।

आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर भरतपुर’ अभियान सञ्चालन भइरहेको महानगर प्रमुख दाहालले बताइन्।

प्रकाशित: ५ मंसिर २०८२ ११:४७ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast