आज २०८२ साल मंसिर ५ गते शुक्रबार। मंसिर शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २१ तारिख। आज माता पाथीभराको दर्शन गर्ने उपयुक्त दिन पनि हो। तपाईँको राशिफल।
मेष
बोलीकै कारण साथी टाढा हुनसक्छन्। माया मारेको सम्पत्ति हात लाग्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ।
वृष
वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। धनको घमण्डले साथीभाइ टाढा हुनेछन्। व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ।
मिथुन
साथीसँग बोल्दा सचेत बन्नुपर्ने । सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।
कर्कट
मनमा शान्ति मिल्नेछ। ठूलो कामको सुरुवात गरेको भए नाफा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ।
सिंह
योजना सफल बन्नेछ । दीर्घकालीन योजना बनाउन सकिन्छ। परोपकारमा मन जानेछ। कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ।
कन्या
सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।
तुला
कला र गलाको प्रदर्शन गर्ने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। राजनीतिक संंगठनमा बढुवा हुनेछ।
वृश्चिक
अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
धनु
साना कुराले मनमा झन्झट आइपर्न सक्छ। साथीसँग तर्क नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्र सबल छन्। औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम छ।
मकर
अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ। बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ।
कुम्भ
शुभ ग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मनमुटाव हुनसक्छ।
मीन
साथी भाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा नाफा हुनेछ।


