सिमरा घटनापछि शेखर कोइरालाको अपिल : संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ

हिमाल प्रेस ४ मंसिर २०८२ ८:०१ | Thursday, November 20, 2025
22
SHARES
सिमरा घटनापछि शेखर कोइरालाको अपिल : संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन्।

बुधबार बाराको सिमरामा भएजस्तो घटनाले सम्बन्धित दुवै पक्षलाई अप्ठेरोमा पार्ने भएकाले संयमित बन्न उनले आग्रह गरेका छन्।

बुधबार सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो। ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो’ कांग्रेस नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ।’

प्रकाशित: ४ मंसिर २०८२ ८:०१ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast