कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

हिमाल प्रेस ३ मंसिर २०८२ १४:१६ | Wednesday, November 19, 2025
18
SHARES
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

इटहरी- कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन्।

बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागु हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हो।

निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिन्छन्।

प्रकाशित: ३ मंसिर २०८२ १४:१६ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast