सहिद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति दरखास्त आवेदन अवधि थप

हिमाल प्रेस २ मंसिर २०८२ १५:०८ | Tuesday, November 18, 2025
16
SHARES
सहिद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति दरखास्त आवेदन अवधि थप

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति (भिसी) नियुक्तिका लागि दरखास्त पेस गर्ने समयावधि थप गरेको छ। समितिले गत कात्तिक १६ मा पहिलोपटक दरखास्त आह्वान गरेको थियो।

समितिका अनुसार तोकिएको समयभित्र आवश्यक संख्यामा दरखास्त नपरेपछि मंसिर ५ गते सम्मका लागि आवेदन अवधि थप गर्ने निर्णय गरिएको हो।

मन्त्रालयले जारी गरेको सूचनामा उपकुलपति पदमा आवेदन दिन इच्छुक उम्मेदवारले समयसीमाभित्र आवश्यक कागजातसहित दरखास्त पेस गर्न सकिने जनाइएको छ।

यससम्बन्धी थप जानकारीका लागि मन्त्रालयको वेबसाइटमा हेर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८२ १५:०८ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast