‘जेरी अन टप’ को कमाइ १२ करोड नाघ्यो

हिमाल प्रेस १ मंसिर २०८२ १४:०१ | Monday, November 17, 2025
8
SHARES
‘जेरी अन टप’ को कमाइ १२ करोड नाघ्यो

काठमाडौँ- फिल्म ‘जेरी अन टप’ ले अहिलेसम्म १२ करोड भन्दा माथि व्यापार गरेको छ। फिल्मले १२ करोड सात लाख ३४ हजार दुई सय ४६ रुपैयाँ कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ।

बोर्डले सोमबार (आज) सार्वजनिक गरेको रिपोर्टमा उक्त रकम उल्लेख छ। यो अवधिमा फिल्मको तीन लाख ८५ हजार नौ सय २८ टिकट बिक्री भएको छ।

फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्म प्रेम कथामा आधारित छ। सुयोग गुरुङ निर्देशित फिल्ममा अन्य कलाकार भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतको अभिनय छ।

 

प्रकाशित: १ मंसिर २०८२ १४:०१ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast