काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम?

हिमाल प्रेस १ मंसिर २०८२ ६:४८ | Monday, November 17, 2025
14
SHARES
काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम?

काठमाडौँ- मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।

यसै क्रममा आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।

हिजो आइतबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे थप घटेर ९ डिग्री सेल्सियसमा झरेको थियो।

आज पनि अहिले बिहान ८:४५ बजे न्यूनतम तापक्रम अरू घट्ने सम्भावना रहन्छ र आजको आधिकारिक न्यूनतम तापक्रम यसैलाई मानिन्छ।

 

प्रकाशित: १ मंसिर २०८२ ६:४८ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast