‘परान’ ले साढे ७ करोड कमाएको निर्माण टिमकाे दाबी

हिमाल प्रेस २८ कार्तिक २०८२ १३:४८
8
SHARES
‘परान’ ले साढे ७ करोड कमाएको निर्माण टिमकाे दाबी

काठमाडौँ- फिल्म ‘परान’ले प्रदर्शनको दोस्रो सातासम्म सात करोड पाँच लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ एक पोस्टर सेयर गर्दै दुइ सातामा साढे सात करोड कमाएकाे दाबी गरेका हुन्।

गत कात्तिक १४ देखि प्रदर्शन फिल्मलाई पछिल्लो समय दर्शकले अत्याधिक रुचाएका छन्। आजदेखि फिल्म प्रदर्शनकाे तेस्राे सातामा प्रवेश गरेकाे छ।

तेस्रो सातामा फिल्मले सो संख्यामा समेत बढाएको छ। फिल्मले आज (शुक्रबार) मात्र देशभर २ सय १० वटा सो पाएको छ। फिल्मले प्रदर्शनको पहिलो दिन ६४ सो मात्र पाएको थियो भने पहिलो दिन बक्सअफिसमा ६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको थियो।

फिल्मले हाल दर्शक तथा समीक्षक दुबैबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। फिल्मको कथावस्तुले आम नेपाली परिवारको अवस्थालाई चित्रण गरेको उनीहरूको प्रतिक्रिया छ। फिल्ममा सन्तान विदेसिएपछि एक्लिएका बाआमाको कथा देखाएकाे छ।

पारिवारिक कथामा बनेको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, बुद्धि तामाङ, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रविण खतिवडा, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, र बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।

 

सन्तानलाई प्राणका रूपमा खोजिरहेका बाहरूको कथा ‘परान’

फिल्म ‘परान’ : सामाजिक र लैंगिक विमर्श

प्रकाशित: २८ कार्तिक २०८२ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast