ओलीलक्षित प्रचण्डको अभिव्यक्ति : जेनजी युवाहरूको हत्या गर्नेले नै नेकपालाई वृद्धाश्रम भने

हिमाल प्रेस २६ कार्तिक २०८२ २०:२२ | Wednesday, November 12, 2025
8
SHARES
ओलीलक्षित प्रचण्डको अभिव्यक्ति : जेनजी युवाहरूको हत्या गर्नेले नै नेकपालाई वृद्धाश्रम भने फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीहरूको शान्तिपूर्ण आन्दोलनमा निर्मम दमन र हत्या गर्नेले नै आफ्नो पार्टीलाई वृद्धाश्रम भनेको बताएका छन्।

बुधबार काठमाडौँमा भीम रावल लगायतका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गराउँदै प्रचण्डले भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले आफ्नो पार्टीलाई वृद्धाश्रम भनेको बताएका हुन्।

केही दिनअघि राष्ट्रिय सभामा भएको एमालेको ‘घर फर्क अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रमको संज्ञा दिएका थिए।

प्रचण्डले आफूहरूले युवाहरूलाई सदैव सम्मान गरेको भन्दै जेनजी युवाहरूले विस्तारै बुझ्दै जाने धारणा व्यक्त गरे। उनले अहिले देश अप्ठेरोमा रहेको अवस्थामा चुनाव जित्नका लागि नभई राष्ट्र बचाउनका लागि एकता गरिएको बताए।

प्रचण्डले अहिलेको परिस्थितिमा नेपाली कम्युनिस्ट पार्टीको अभियान सुरु गरेको भन्दै आफ्नो तर्फबाट कुनै आग्रह र पूर्वाग्रह नहुने स्पष्ट पारे। मुलुकमा देखिएको प्रतिक्रियावादी षडयन्त्र परास्त गर्न जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको उनले बताए। त्यस्तै प्रचण्डले एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने काम गरिरहेको जिकिर गरे।

विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुनै नसक्ने भएकाले एमालेमा रहेका नेताकार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन उनले आह्वान गरे।

प्रकाशित: २६ कार्तिक २०८२ २०:२२ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast