‘ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई ओलीले पार्टीबाट निकाल्न खोजेका छन्’

हिमाल प्रेस २६ कार्तिक २०८२ १७:१० | Wednesday, November 12, 2025
90
SHARES
‘ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई ओलीले पार्टीबाट निकाल्न खोजेका छन्’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी ओलीले कम्युनिस्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिस्ट पार्टी पटकपटक विभाजन भएको भन्दै अब ओलीले कम्युनिस्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका हुन्।

रावलले एमालेमा रहेका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान समेत गरे। रावलले एक जनाको अहंकार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्सामा लागेर नेकपा ध्वस्त भएको बताए।

उनले पार्टीको महाधिवेशनमा आफू मात्रै बोल्ने र समाप्त गर्ने ओलीको अभिव्यक्ति लोकतन्त्र विरोधी रहेको आरोप लगाए। रावलले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतलाई ओलीले पार्टीबाट निकाल्न खोजको दाबी गरे। आफ्नै पार्टीका नेताहरूलाई निकाल्न खोज्न व्यक्तिले घर फर्क भन्दै आह्वान गर्नु फटाहा कुरा भएको उनले बताए।

रावलले कम्युनिस्ट पार्टीका नाममा कार्यकर्ता, नेता र देशलाई दिगभ्रमित गर्नेबाट जोगाउन बलियो कम्युनिस्ट पार्टी आवश्यक रहेको उल्लेख गरे। नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो पार्टी बनाउँदै देशको विकास र समृद्धिमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ।

प्रकाशित: २६ कार्तिक २०८२ १७:१० | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast