वामदेव गौतम। फाइल तस्बिर
काठमाडौँ- वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ। गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो।
नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए।
आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ। यससँगै आयोगमा दर्ता भएका कुल दलको संख्या १२५ कायम भएको छ।
प्रकाशित: २६ कार्तिक २०८२ ९:३८ | Wednesday, November 12, 2025
प्रतिक्रिया




