भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

हिमाल प्रेस २४ कार्तिक २०८२ २१:१२ | Monday, November 10, 2025
20
SHARES
भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

काठमाडौँ- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज (सोमबार) सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा यहाँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन्। उक्त परियोजनाहरू करिब एक अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ।

भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ। तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्। यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशमा रहेका छन्।

छिमेकी मुलुकका रूपमा भारत र नेपालबीच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले नेपालमा जनशक्तिकरणका साथै प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। रासस

प्रकाशित: २४ कार्तिक २०८२ २१:१२ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast