दिल्लीमा विस्फोट, ८ जनाको मृत्यु

हिमाल प्रेस २४ कार्तिक २०८२ २०:४१ | Monday, November 10, 2025
48
SHARES
दिल्लीमा विस्फोट, ८ जनाको मृत्यु

काठमाडौँ- भारतका राजधानी नयाँदिल्लीमा एक कारमा विस्फोट भएको छ। लालकिलास्थित मेट्रो स्टेशननजिक कारमा विस्फोट भएको हो। स्थानीय समयअनुसार सोमबार साँझ ६ः५५ बजे विस्फोट भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विस्फोटमा परी आठ जनको मृत्यु भएको छ भने २४ जना घाइते भएको बताइएको छ।

विस्फोटपछि ६ वटा अन्य गाडीहरूमा आगो लागेको थियो। साथै अन्य गाडीहरूमा क्षति पुगेको बताइएको छ।

समाचार एजेन्सी पीटीआईले जनाएअनुसार घटनास्थल वरिपरि घेराबन्दी गरिएको छ। त्यस्तै विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ। विस्फोटको आवाजले घरका झ्यालहरू हल्लिएको स्थानीयले बताएका छन्।

घटनाबारे छानबिन सुरू भएको नयाँदिल्ली प्रहरीले जनाएको छ। कारमा जडित सीएनजीका कारण विस्फोट भएको हो वा विस्फोट पदार्थको प्रयोग गरेर खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८२ २०:४१ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast